
नेपालमा जे बोल्दा ताली आउँछ, त्यही गर्न थाले : मन्त्री गुरुङ
मंसिर ७, २०८१सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकरिझ्याइँंको राजनीति गलत भएको बताएका छन् ।
बुधबार काठमाडौंमा विशिष्ट चलचित्रकर्मी परिचय पत्र वितरण कार्यक्रममा उनले नेपाली समाज नै ढोंगी बनिरहेको टिप्पणी गरे ।
‘हाम्रो समाज नै ढोंगी भयो । मैले के बोलिदिँदा तत्काल ताली आउँछ, त्यही मात्रै भनिदिने । भोलिको दिन के काम गर्नुपर्छ भन्ने कुरा बिर्सिने’, उनले भने, ‘हामी जस्ता नेताको काम त्यही भइरहेको छ । त्यसकारण यो ढोंगी चिजहरु नगरौँ भन्ने मान्यता मेरो हो ।’
कलाकारको बीचमा पुग्दा म पनि कलाकार थिएँ भन्ने र मजदुरको कार्यक्रममा जाँदा म पनि मजदुर नेता थिएँ भन्ने जस्ता लोकरिभm्याइँका अभिव्यक्ति दिन नहुने मन्त्री गुरुङले बताए ।