
सामाजिक सञ्जालको छाडापन रोक्न विधेयक : सञ्चारमन्त्री गुरूङ
फाल्गुन १५, २०८१पाेखरा — सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउन नभई छाडापन रोक्न विधेयक ल्याएको तर्क गरेका छन् । उनले असभ्यतातिर जान लागेको समाजलाई रोक्न विधेयक ल्याएको प्रष्टीकरण दिएका छन् ।