पृथ्वी सुब्बा गुरुङ हाल नेपाल सरकारको संचार तथा सुचना प्रविधि मन्त्री तथा नेपाल सरकारको प्रवक्ता हुनुहुन्छ । उहाँ
उनको जन्म २०१४ साल फागुन २ गते गङ्गाप्रसाद र चिनी गुरुङका छोराका रूपमा लमजुङ जिल्लामा पर्ने साविकको गिलुङ गाविस-८ टक्सार हाल क्व्होलासोथार गाउँपालिका-९ मा भएको हो ।
प्रमोद हाई स्कूलमा सोवियु सचिव हुनु भयो ।
वि.सं. २०३०/३१ को विद्यार्थी आन्दोलनका कारण कोलम्बो योजना अन्तर्गत विदेशमा पढ्न जाने अवसर गुमेपछि गाउँ फर्किएर विज्ञान र गणित पढाउन थाल्नुभएको थियो ।
ने.क.पा ( माले ) लमजुङको सदस्य बन्नुभयो ।
हेटौंडाबाट सुरु भएको शिक्षक संगठनको आन्दोलन देशव्यापी रूपमा फैलिंदै गएको थियो। त्यही क्रममा पृथ्वीसुब्बा गुरुङले लमजुङ जिल्लाको शिक्षक आन्दोलनको नेतृत्व सम्हाल्नुभयो ।
उहाँको विरुद्धमा प्रशासनले पक्राउ पूर्जी जारी गर्यो र पटक–पटक पक्राउ गर्ने तथा छोड्ने क्रम चल्न थाल्यो।
उहाँ राष्ट्रिय जनपंचायतको चुनावमा जनपक्षीय उम्मेदवार बन्नु भएको थियो।
जनआन्दोलনৰ बेलामा लमजुङमा संयुक्त बाम मोर्चाको तर्फबाट जनआन्दोलनको संयोजक उहाले गर्नु भएको थियो। जनआन्दोलनको सफलता र बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनापछि पुराना र भूमिगत नेताहरू रहँदा पनि खुला आन्दोलनमा रहेका कारण गुरुङलाई नेताको रूपमा लिन थालियो।
उहाँ केन्द्रिय सचिव, पोलिटब्युरो सदस्य र केन्द्रिय सचिवको रूपमा कार्यरत हुनुहुन्छ, र अहिलेसम्म नेकपा (एमाले)को केन्द्रिय उपमहासचिवको पदमा कार्यरत हुनुहुन्छ।