सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ : गण्डकी प्रदेश हाँकेर संघ फर्केका मन्त्री

prithivi Subba Gurung
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ : गण्डकी प्रदेश हाँकेर संघ फर्केका मन्त्री

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ : गण्डकी प्रदेश हाँकेर संघ फर्केका मन्त्री

मंसिर ६, २०८१

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ संसदमा कमै बोल्छन् । जब बोल्छन्, सैद्धान्तिक र नीतिगत विषयमा तयारी गरेर बोल्छन् । बुधबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथि भएको छलफलमा पनि गुरुङले मन्त्रीहरुमाथि निकै गम्भीर प्रश्न उठाएका छन् ।

२३ मिनेट बोलेका उनले शहरी विकास मन्त्रालयको बजेटबारे बोल्दा नेपालको विकासको मार्गचित्र खोजे ।

रक्षा मन्त्रालयको बजेटमाथि बोल्दा नेपाली सेनाको उपयोगिताबारे प्रश्न उठाए । सम्बन्धित मन्त्रीले बजेटमा हस्तक्षेप गर्न नसकेको टिप्पणी गरे ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटबारे बोल्दा लक्षित समूहलाई ख्याल नगरेको टिप्पणी गरे ।